१६ फाल्गुन २०८२, शनिबार | March 1, 2026

घण्टी सिंहदरबार पस्यो, मतपत्रमा चुनाव चिन्ह बस्यो : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् ।

रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं । कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । बैचारिक स्पष्टतासंगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ ।’

२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं।

साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : ४५ बजे

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि : नेपालमा यथावत्

काठमाडौँ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग