१ श्रावण २०८२, बिहिबार | July 18, 2025

बजेटको आकार बढाउँदै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।

कामपाले आव २०८०/८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ ।

विभागका प्रमुख धुव्र काफ्लेका अनुसार विगत वर्षमा जस्तै आमामी आवमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सेवा प्रवाहको क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ । कामपाले आगामी आवका लागि गत जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । कामपाले चालु आवको ११ महिनामा रु आठ अर्ब ५५ करोड पाँच लाख ३२ हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कामपाले रु आठ अर्ब नौ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको थियो । कामपाले चालु आवमा गत वर्षभन्दा रु ४५ करोड ६७ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको काफ्लेले जानकारी दिए । प्रमुख काफ्लेका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रु १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

चालु आवको साउनदेखि वैशाखसम्ममा ३३ हजार एक सय ५६ नयाँ करदाता बढेको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवदेखि कामपाले ३२ वटै वडाको प्रतिनिधिसहित स्थलगत अनुगमन गरिरहेकाले राजस्व सङ्कलनमा सहज भएको बताइएको छ ।

कामपाले चालु आवको पुस मसान्तसम्म करदातालाई बक्यौतामा लाग्ने करमा र महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई २५ देखि ४० प्रतिशतसम्म छुट दिएकाले करदाता बढेको जनाएको छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ४४ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको