१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा पत्रकार महिलाका लागि तिन दिने लेखनवृत्ति तालिम



बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा डब्लु डब्लु जे रुपन्देहीको आयोजनामा बुटवलमा तिन दिने लेखन वृत्ति तालिम शुरु भएको छ । महिला पत्रकारहरुका लागि लेखन क्षमता अभिवृद्धि, समाचार लेखनमा दक्ष र अब्बल बनाउनका निम्ति तालिम शुरु गरिएको हो ।

तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले बुटवललाई मिडिया सिटी बनाउने योजना अघि सारिएको जानकारी दिए । उनले बुटवललाई पत्रकारितामा उत्कृष्ट बनाउने र बुटवललाइ हरेक क्षत्रमा अब्बल बनाउन सबैको सहकार्य जरुरी रहेको बताए । उपमहानगरले गरेका कामको बारेमा लेख्न, सुधार गर्नुपर्ने कामलाइ झक्झक्याउन र सत्यतथ्यमा आधारित कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा देबि अर्यालले पत्रकारिताको क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्न तालिक उपयोगी हुने भन्दै पत्रकार महिलाहरु हरेक बिषयमा लेख्न सक्ने हुनुपर्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपी खनालले समाचार लेखनका बिषयमा आफ्नो धारणा राखे । पत्रकार दिनेश पान्डेले तथ्य बुझेर बिषय छनौट गरि सूचना कहाँ को सँग कसरी लिने भन्ने बारे जानकारी दिए ।

४५ जनाको पत्रकार महिलाको सहभागीता रहेको कार्यक्रम डब्लु डब्लु जे की अध्यक्ष कल्पना तिवारीको अध्यक्षमा उदघाटन सत्र संचालन भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले