२७ भदौ २०८३, शनिबार | September 12, 2026

द आर्ट अफ लिभिङको बुटवल केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस



तिलोत्तमा । द आर्ट अफ लिभिङ नेपालको बुटवलस्थित केन्द्रले योग, प्राणायाम र ध्यान गरी १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र राजमार्ग चौराहमा आयोजित कार्यक्रममा सो तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत, प्रहरी जवान र अन्तर्रास्ट्रिय योग दिवसका साधक गरी ३ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तालिम केन्द्रका समादेशक हिमालय कुमार श्रेष्ठ, द आर्ट अफ लिभिङ रुपन्देही जिल्ला समन्वय समिति संयोजक उज्ज्वल प्रसाद कसजु र सदस्य याम प्रसाद पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई द आर्ट अफ लिभिङका प्रशिक्षक विजय श्रेष्ठले योगाभ्यास गराएका थिए । यस्तै, प्रशिक्षकहरु बाबुराम ज्ञवाली, मनोज सापकोटा, उज्ज्वल खरेल, सृजना गिरि, लक्ष्मी श्रेष्ठ र सृजना गोदारले सहजीकरण गरेका थिए ।

यसैगरी, द आर्ट अफ लिभिङ भैरहवाले होटेल भिलाशामा राम जानकी योग साधना समूहले तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयमा, बुटवल चिडियाराम फेदी केन्द्रले बुटवल जेसीसको सहकर्यमा चिडियाराम फेदी केन्द्रमा योग साधना गरि दिवस मनाएका थिए ।

द आर्ट अफ लिभिङ जिल्ला समन्वय समिती का संयोजक उज्वल कसजुले आफुहरुले विभिन्न समयमा विभिन्न कार्यक्रम हरु गरेर सामाजिक सन्देश समेत फैलाइरहेको बताए । उनले योग अभ्यास ले मानिस को जीवन मा निरोगिपनाको बिकास गर्ने र आयु समेत बढाउने जनाए ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : २४ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले