६ पुस २०८२, आइतबार | December 21, 2025

बंगलादेशमाथि भारत ५० रनले विजयी



काठमाडौं । भारतले जारी टी-२० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो । यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

यो जितपछि समुह एक मा भारतको २ खेलमा ४ अंक पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ । त्यस्तै बंगलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ ।

अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राती अस्ट्रेलियाको सामना गर्ने छ भने बंगलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ३८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा