१६ फाल्गुन २०८२, शनिबार | March 1, 2026

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी



झापा । झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ ।

पहिलो चरणमा अर्जुनधारा-६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

“बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”, उनले भने, “मौसमले साथ दियो भने तीन-चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए ।

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । “सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उनले भने, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।”

सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ कराड ५० लाखमा ठेक्का लिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ३५ बजे

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि : नेपालमा यथावत्

काठमाडौँ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग