२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आगलागीले पूर्ण नष्ट भएको बुटवलको डेल्टा एजुकेशन मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने



बुटवल । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालि यहीँ असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । मार्टका सञ्चालकले पहिलो चरणमा असार १६ गतेदेखि सञ्चालनमा आउने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएका हुन ।

गएको शुक्रबार विद्युत सट भएर साँझ ६:३० बजेदेखि मार्टमा लागेको लागेको आगो १३ वटा बारुण यन्त्रले ८ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले आगलागीबाट ४५ करोड रूपैयाँको नोक्सान भएको बताए । ‘हामी पहिलो चरणमा यहीँ १६ गतेदेखि एजुकेशन र युनिफर्म सहितको सञ्चालन गछौं’ उपाध्यायले भने, ‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेष्टुरेन्ट सञ्चालनमा आउछन ।’

मार्टका सञ्चालक चोलाप्रसाद पाठकले ग्राहक र विद्यार्थीप्रति मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठने बताए । उनले समयमा दमकल आएको भए आगोले मार्टका धेरै समान जोगाउन सकिने देखिएको पनि त्यो हुन नसकेको बताए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ०१ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का