१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाली लुगाघर बुटवलमा दशैँ कम्बो प्याक अफर सुरु



बुटवल । बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगाघरले दशैँ विशेषमा २९ सय रकममा पुरुषका लागि दशैँ कम्बो प्याक ल्याएको छ ।

आगलागीबाट भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टमा संचालित लुगाघरले आफ्नो व्यवसाय संचालनका लागि दशैँ अवधिमा यस्तो अफर ल्याएको हो ।

डेल्टा मार्टले अस्थाई टेन्टमा नै नेपाली लुगाघर शुरु गरेको छ । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशैँ अफर ल्याएको हो ।

‘उद्योगदेखि शरिरसम्म’ नारासहित दशैँ विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले नेपाली उत्पादनको प्रवद्धर्न गर्न यस्तो अफर ल्याएको बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो ।’- उनले भने ।

नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एउटा पाईन्ट, शर्ट, अण्डरवियर, मोजा, जुत्ता समेत ६ आईटम उपलब्ध हुने उनले बताए । जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन । आफुसंग धेरै ब्राण्डका समानहरु भएपनि स्थान अभाव र तयारी कम भएको उनले बताए । छोटोसमय र तयारीका कारण १ हजार उपभोक्तासम्म पुग्ने लक्ष्य रहेको उनले बताए । आम नेपाली उपभोक्तालाई लक्षित गरि अफरमा सहज र सरल पाउने गरि अफर चलाएको उनको दाबी छ ।

आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मद्यत मिल्ने उनले बताए । नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरि आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको संचालक बाबुराम बन्जाडेले बताए । ठूलो क्षति ब्यहोर्नुअघि एक वर्षको अवधिमा नेपाली उद्योगका लुगाका करिब १ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ०८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि