१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”

आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राखेको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारे ।

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो ।”

रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ३९ बजे

टी-२० विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६को

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र

इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता

तेहरान । इरानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख समुद्री मार्ग होर्मुज

निर्वाचन आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,