२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि



तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्यु आधिकारिक रूपमा पुष्टि गरेका छन् ।

इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानसहित विभिन्न सैन्य तथा रणनीतिक संरचनामा भएको व्यापक आक्रमणका क्रममा खामेनी मारिएका हुन् । उक्त आक्रमण इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीको भाग रहेको जनाइएको छ ।

खामेनीको मृत्युको पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा तथा ४० दिन राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने र विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने सरकारी निकायहरूले जनाएका छन् ।

इरानी राज्य सञ्चार माध्यमहरूले देशका शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन्। साथै, आन्तरिक सुरक्षा व्यवस्था कडा पारिएको र संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको छ भने अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीर रूपमा लिएको छ । खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए र देशको राजनीतिक, सैन्य तथा धार्मिक नेतृत्वमा निर्णायक भूमिका निर्वाह गर्दै आएका थिए ।

उनको निधनसँगै अब इरानको नयाँ सर्वोच्च नेता चयन प्रक्रिया र भविष्यको राजनीतिक दिशा कस्तो हुने भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक चासो र विश्लेषण सुरु भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ५७ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो