१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ



बुटवल । बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं.४ पाल्पारोडबाट खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं ५ का ३३ वर्षिय मोहम्मद साजित अली र दाङ घोराही नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ बस्दै आएका ३१ वर्षिय दिपक मल्ल रहेका छन् ।

अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन २ ग्राम ५०० मिलिग्राम बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ५९ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै