२० मंसिर २०८२, शनिबार | December 6, 2025

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ



बागलुङ । जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो । गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’मा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए । घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उनले बताए । जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर परीक्षण गर्ने र आफ्नै वडाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए । स्वास्थ्यचौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो । चालु वर्षमा पालिकाका एक सय ३२ सुत्केरी भएका छन् । जसमध्ये ६९ जना बर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएका पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए ।

गोरु पाल्ने किसानलाई नगद अनुदान

यसैबीच, जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा गोरु पाल्ने तीस जना किसानलाई प्रोत्साहनस्वरूप रु दश हजारका दरले अनुदान प्रदान गरेको छ । जैमिनी गाउँपालिकाको सिको गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्याएका छन् । काठेखोला पालिकाले पनि गोरुका लागि बजेट विनियोजन गरेको छ । “गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौँ ।” काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले भने । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा परम्परागत बाली संरक्षणमा टेवा पुग्ने उनको तर्क छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल