२ मंसिर २०८२, मंगलबार | November 18, 2025

पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुनाघर निर्माण



भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको छ । करिब रु चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो ।

अहिले रु ९८ लाख लागतमा यहाँ दुई पाहुनाघर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।

त्यससँगै यहाँ सहिद उद्यान र विश्रामस्थल निर्माण गरिने उनले बताए । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताए । “पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ”, प्रशासकीय अधिकृत पोखरेलले भने, “अहिले यहाँ रु ९८ लाखमा बोलपत्र आह्वान गरेर पाहुनाघर भइरहेको काम अन्तिम चरणमा पुगेको छ ।”

यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गङ्गा खोलालगायत ऐतिहासिक क्षेत्र छन् । गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ ।

गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए । पाहुनाघर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उनी बताउँछन ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । पर्यटनको योजनाबद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताए । पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुनाघर र सहिद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उनले बताए ।

“गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ”, उनले भने, “यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ । गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ ।” सङ्घ सरकारको विषेश अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ । विस्तृत परियोजा प्रतिवेदन (डिपिआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : ३६ बजे

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै