२१ बैशाख २०८३, सोमबार | May 4, 2026

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताइन । उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन ।

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन । भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उनले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताइन ।

“पत्रिकारिताको पुरानो धरालत साहित्यिक पत्रकारिता हो”, मन्त्री शर्माले भनिन, “अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रिकारिता बनाउनुपर्छ ।” उनले सङ्घलाई यस वर्षदेखि रु दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रुपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताइन ।

कार्यक्रममा साहित्यिक पत्रकारहरु क्रमशः प्रा डा कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा तुलसी भट्टराई, निनु चापागाईँ, नरेन्द्रबहादुर श्रेष्ठ, डा अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठसम्मानित भएका छन ।

सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्त्वपूर्ण हुने बताए । उनले सङ्घलाई आर्थिक सहयोग वृद्धि गुरेकोमा मन्त्री शर्माप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : ४३ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो