१८ माघ २०८२, आइतबार | February 1, 2026

‘विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन ।

निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताए । उनले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताए । उनले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गरे । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची रहेको छ ।

सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ११ : ४१ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४