१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए ।

बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखे । “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने ।

सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए । ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।

त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाउनुभएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उनले बताए । सुरुमा सीमित विद्यार्थीद्वारा सञ्चालित कलेजमा हाल एक हजार पाँच सय विद्यार्थी पठनपाठन गरिरहेका अधिकारीले जानकारी दिए । कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ-बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : २३ बजे

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान