१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

रुपन्देहीको आवास ग्रुपलाई नेपाल सरकारले प्रदान ग-यो नवप्रवर्तनकारी उद्यमी पुरस्कार



बुटवल । नेपाल सरकारले रुपन्देहीको देवदहस्थित आवास फर्निचर इण्डष्ट्रिज प्रालिलाई नवप्रवर्तनकारी उद्यमी पुरस्कार प्रदान गरेको छ । विहिबार काठमाडौंमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आवास ग्रुपका अध्यक्ष यज्ञश्वर थैवलाई दुईलाख नगद राशी सहित पुरस्कार प्रदान गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोंच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

२०७६ सालमा विश्वभर कोरोना महामारी फैलिरहेका बेला आवास ग्रुपले देवदहको भलुहीमा फर्निचर उद्योग स्थापना गरेको थियो । हरेक वर्ष चिनबाट अरबौंका कुर्चि टेबल लगायतका फर्निचर सामग्रीहरु नेपाल भित्रिईरहेका बेला आवास ग्रुपका दोश्रो पुस्ता निर्माण थैवले चिनिया कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न आवास फर्निचर इण्डष्ट्रिज स्थापना गरेका थिए ।

लकडाउनमा उकासिएको आवास फर्निचर

उद्योग स्थापनाको पाँचवर्षको अवधिमै नेपालभर ब्राण्ड स्थापित गरेका थैवले पछिल्लो चारमहिनादेखि काठमाडौंको नैकापमा पनि आवास इण्डष्ट्रिज प्रालिको शाखा संचालन गरेका छन् । स्कुल, क्याम्पस, होटल, पार्टी प्यालेस लगायतका क्षेत्रबाट ठूलो परिमाणमा कुर्चि टेबल, झुला लगायतका सामग्रीहरुको माग आएपछि काठमाडौंबाटै उत्पादन सुरु गरेको उद्योग हेरिरहेका निर्माणले बताए ।

देवदहमा आवास इण्डष्ट्रिज प्रालि संचालन गरेका निर्माण काठमाण्डौ गएपछि देवदहको उद्योग यज्ञश्वरकी छोरी याचना थैवले सम्हाल्दै आएकी छन् । उनी व्यवस्थापनमा स्नातकोत्तर ‘एमबिए’ गरेकी छन् ।

आवास फर्निचर इण्डष्ट्रिज प्रालिबाट स्कुल क्याम्पसमा प्रयोग हुने डेस्क बेन्च, अफिस, पार्टी प्यालेस, होटल तथा रिसोर्टमा आउटडोर र इनडोर प्रयोग गरिने बुनेर बनाईएका कुर्ची टेबल, क्याफे तथा रेष्टुरेण्टका लागि सोफा, रिभल्भिङ कुर्ची, झुला, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार सोफा, डाईनिङ सेट लगायत ३ सयभन्दा बढी प्रकारका कुर्ची, स्टुल, टेबल तथा झुला उत्पादन हुन्छन् ।

आवास फर्निचर इण्डष्ट्रिजले रुपन्देही र काठमाडौंमा गरि दैनिक १ हजार बढि कुर्ची तथा अफिस सामग्री उत्पादन गरी बजार पठाउने गरेको यज्ञश्वरले बताए । आवास इण्डष्ट्रिजले रुपन्देही र काठमाडौंमा गरि साढे दुई सय बढिलाई रोजगारी दिएको उनले बताए ।

पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण उद्योग व्यवसाय प्रभावित बनिरहेका बेला सरकारले दिएको पुरस्कारले उद्योग व्यवसायलाई थप विस्तार गर्न हौसल मिलेको यज्ञश्वरले बताए। ‘यस्तो समयमा सरकारले पुरस्कार दिएर हौसल प्रदान गरेको छ,’ उनले भने ।

यो पनि

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ५८ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका