१ कार्तिक २०८३, शनिबार | October 17, 2026

पत्रकार महासंघको निर्वाचन पुनः अन्यौलमा, फेरिएको कार्यतालिकामा पनि युनियनको आपत्ति



नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः अन्यौलमा परेको छ । महासंघको केन्द्रीय महाधिवेशनले तोकेको मितिमा निर्वाचन गर्न नसकेको महासंघको केन्द्रीय समितिले त्यसपछि तोकिएको र कार्यतालिका परिवर्तन फेरिएको मितिमा पनि सहमति कायम गर्न नसकेपछि निर्वाचन अन्यौलमा परेको हो ।

सहमतिका लागि भन्दै महाधिवेशनले तोकेको जेठ ६ को निर्वाचनलाई स्थगित गरेर सम्बाद सुरु गरेको महासंघले पछिल्लो पटक घोषणा गरेको अरसार २२ को निर्वाचनको मितिमा समेत नेपाल प्रेस युनियनले असहमति जनाएसँगै निर्वाचन हुने नहुनेमा अन्यौलता देखिएको हो । पछिल्लो पटक असार २२ गतेलाई निर्वाचनको मिति तोकेर प्रकाशित निर्वाचन तालिका परिवर्तन गरिएपनि युनियनले आज बिज्ञप्ति प्रकाशित गर्दै यथास्थितीमा निर्वाचन हुन नदिने चेतावनी दिएको छ ।

युनियनले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको टिप्पणी गरेको छ । युनियनले पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित मतदाता नामावलीलाई शाखा र प्रदेश कार्यसमितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको कुनैपनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वनिक गरिएको मतदाता नामावलीको संज्ञा दिएको छ ।

नेपाल प्रेस युनियनले असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे माग सहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउँदै विज्ञप्तिमा त्यस लगत्तै महासंघका अध्यक्ष र महासचिवसँग भएको वार्तामा शाखा र प्रदेश समितिले सिफारिस गर्दासमेत नाम काटिएका तथा छुटेका वास्तविक पत्रकारलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने सहमति भएको दाबी गरिएको छ । महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै सम्वाद नगरी वेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेको भन्दै युनियनले आपत्ति समेत जनाएको छ । कुनै अमुक संगठनको स्वार्थ अनुरुप समस्या समाधान नगरी निर्वाचन प्रक्रिया अघि वढाउने प्रयत्न गरेमा त्यसको क्षति महासंघले व्यहोर्नुपर्ने युनियनले चेतावनी दिएको छ ।

महासंघको शाखा तथा प्रदेश समितिको सिफारिस, पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको विज्ञप्तिमा उल्लेख छ ।

युनियनले महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेको छ। महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी विधान अनुसार सदस्यता विवाद नटुगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरु आन्दोलित हुने युनियनका अध्यक्ष शिव लम्सालले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ ।

विवादकै कारण आज ४ बजे प्रकाशित गर्ने भनिएको मतदाताको अन्तिम नामावली यो समाचार तयार पार्दासम्म प्रकाशित गरिएको छैन ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ३६ बजे

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु