३ पुस २०८२, बिहिबार | December 18, 2025

ल्याइयो कोरोना भाइरसविरुद्धको खोप ल्याइयो



काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने बताए । खोप ग्लोबल अलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन