३ पुस २०८२, बिहिबार | December 18, 2025

नागरिक उन्मुक्तिको किचलो : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो



काठमाडौं । लामो समयदेखि नागरिक उन्मुक्ति पार्टीमा चलेको आन्तरिक खिचलो संसदीय दलमा पुगेको छ । खिचलोको पछिल्लो घटनामा रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । पार्टीको संसदीय दलको सचिवालयको आइतबार बसेको बैठकको बहुमत सदस्यहरूले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर उनको स्थानमा गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ भने प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई राख्ने निर्णय गरिएको पार्टीको श्रेष्ठ बिरोधी पक्षबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने नयाँ चयन गरिएका दलका नेता गंगाराम चौधरीले बताए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका