२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नागरिक उन्मुक्तिको किचलो : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो



काठमाडौं । लामो समयदेखि नागरिक उन्मुक्ति पार्टीमा चलेको आन्तरिक खिचलो संसदीय दलमा पुगेको छ । खिचलोको पछिल्लो घटनामा रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । पार्टीको संसदीय दलको सचिवालयको आइतबार बसेको बैठकको बहुमत सदस्यहरूले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर उनको स्थानमा गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ भने प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई राख्ने निर्णय गरिएको पार्टीको श्रेष्ठ बिरोधी पक्षबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने नयाँ चयन गरिएका दलका नेता गंगाराम चौधरीले बताए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २५ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा