२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु



काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुल १५ जना सवार यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । दुर्घटनामा परि चालकसहित ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी छन्।

यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनाबाट मृत्यु भएको छ । १  जनाको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानमा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ५७ बजे

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका