काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।
















प्रतिक्रिया