५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका यमनाथ पौडेल



बुटवल । विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको प्रदेश स्तरीय प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । कालिका मानवज्ञान मा।वि। बुटवलमा असार १५ गते भएको अधिवेशनले बाँकेका यमनाथ पौडेलको अध्यक्षतामा विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश कार्यसमिति चयन गरेको हो ।

प्रदेश कार्यसमितिमा रुपन्देहीका दिपक बन्जाडे र दाङ्गका मान बहादुर बस्नेत उपाध्यक्ष, प्युठानका मेघनाथ पौडेल सचिव, पाल्पाका राजन पौडेल सहसचिव र बर्दियाका आशा रजौरे कोषाध्यक्ष र सदस्यहरूमा टेक बहादुर राहाडी (गुल्मी), नारायण वहादुर कुँवर (पाल्पा), सन्तोष कुमार केसी (अर्घाखाँची), रूपा थापा (रुपन्देही), पारसमणी आचार्य (बाँके), केशवराज पन्डित (प्युठान), अर्जुन कुमार न्यौपाने (दाङ), खेमराज तिवारी (रोल्पा) रहेका छन् । समाजको विधान अनुसार विज्ञान शिक्षक समाजका प्रदेश भित्रका सबै जिल्ला अध्यक्षहरु पदेन सदस्य हुने व्यवस्था छ ।

अधिवेशनको उद्घाटन समारोहमा कालिका मानवज्ञान मा।वि।का प्रधानध्यापक, दिनेश थापा, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष युवराज तिवारी, शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे तथा स्टानका सचिव मनोज आचार्यले विज्ञान शिक्षा समाजले विज्ञान विषयको क्षेत्रमा विभिन्न उपलब्धिमूलक काम गर्नुपर्ने तथा विज्ञानलाई नवपर्वतन र प्रविधिमा जोड दिने, विज्ञानलाई व्यवहारिक बनाउनुपर्ने लगायतका आफ्ना धारणाहरु राख्दै अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको एन जी एस ओ मा प्रथम हुन सफल कालिका मानव ज्ञानका छात्र दिपेश भट्टराइले एस्ट्रोनोमीको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । फिजिकल सोसाइटीका अध्यक्ष डा। अनन्त पन्थीले भर्चुअल साइन्स ल्याबको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा प्रत्येक जिल्लाबाट सबैभन्दा पहिला विज्ञान शिक्षण गर्ने शिक्षकहरु, एसएमटी एसएमटी विज्ञान शिक्षक, युनेस्को नेपालको आयोजनामा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश तथा राष्ट्रीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम हुने बर्दियाका प्राञ्जल ज्ञवाली र कपिलबस्तुका अनुसन्धान पोखरेलका साथै विज्ञान शिक्षक समाज नेपालका १२ वटै जिल्ला संयोजक तथा अध्यक्षहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

विज्ञान शिक्षक समाज नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतमको प्रमुख आतिथ्य तथा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राजन पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ५३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन