९ पुस २०८२, बुधबार | December 24, 2025

म्यानमाको बाढीमा हजारौँ बासिन्दाहरू फसे घरभित्रै



याङ्गन । उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसेका र बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलबार जनाएको छ ।

राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ ।

राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको सहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ ।

“पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दाहरू अझै पनि आफ्नो घरभित्र फसेका छन् । सहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्”, माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए ।

स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरहरूमा बाढीका कारण डुबानमा परेका भवनहरू र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरुको दयनिय अवस्था देखाइएको थियो ।

वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ५० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना