२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बाँकेमा ५ केजी अफिम सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले लागु औषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके कोहलपुर १४ हवल्दारपुर
ह्याप्पि वोल्ड फन पार्क अगाडीबाट २ जनालाई अफिम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट शिवालय ७ भिउस घर भई हाल बर्दिया बांसगढि ९ माछागढ बस्ने ५५ वर्षिय राम बहादुर शाही र जाजरकोट बारेकोट ८ सेपुखोला बस्ने ३५ वर्षिय पुर्ण बहादुर बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाचँ गर्दा पुर्ण बहादुर बिकले पछाडि बोकेको कालो झोलामा ५ केजी ८६५ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्थानमा रोकी राखेको राम बहादुर शाहीको कर्णाली प्रदेश०२(००२ प ११८६ नम्बरको मोटरसाईकल सहित फेला पारी बरामद गरेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालबाट दिन ५ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ४९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात