५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल



बुटवल । बुटवलको कालिका पथस्थित मोन्टोना रेष्टुरेन्टमा ४९ दिन पहिले छुरा प्रहारबाट घाइते युवाको मृत्यु भएको छ । सोही रेष्टुरेन्टमा कार्यरत बुटवल-७ निवासी युवा रवि थापाको उपचारको क्रममा हिजो (मंगलबार) मृत्यु भएको हो ।

गत जेष्ठ २ गते मध्यराती रेष्टुरेन्टमा आएका युवाहरुको समुहले थापामाथि छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएको ४८ सौं दिनमा थापाको मृत्यु भएको हो ।

घटना भएको ४९ दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै मृतकका आफन्तले गुनासो गरेका छन् । रेष्टुरेन्टमा रहेको सीसी टिभी फुटेजमा घटना संलग्न भएका व्यक्तिहरुको बारे खुले पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पाण्डितले घटनामा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । उनका अनुसार सीसी टिभी फुटेजका आधारमा अनुसन्धान गर्दा बुटवल मैनाबगरका कुसमन कार्की र बुटवल देवीनगरका किशोर कार्कीले छुरा प्रहार गरेको छ । छेरा प्रहार गर्नेहरुको पहिचान खुलेपनि उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको पण्डितले बताए ।

घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै राष्ट्रिय युवा संघ रुपन्देहीले प्रहरीको ध्यानाकर्षण गराएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेको छ । संघका रुपन्देही अध्यक्ष बिकास बस्नेतले घटनाको अनुसन्धानमा प्रहरीले बेवास्ता गरे आफूहरु जस्तोसकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत दिएका छन् । मृतक थापा युवा संघका सदस्य हुन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ५१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन