२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान



तिलोत्तमा । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी(माधव)लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार र ब्यवसायिक हकहितको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरेको छ ।

यस्तै सोही कार्यक्रममा स्तरोन्नति भई प्रहरी निरीक्षकको दरवन्दी कायम भएको ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीलाई संघले सम्मान सहित स्वागत गरेको छ ।

स्थापना दिवस समारोहमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संघका प्रमुख सल्लाहकार रामकृष्ण खाँणले तिलोत्तमा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु आत्मविश्वासका साथ अगाडी बढेकाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नुका साथै ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र सुरक्षाका क्षेत्रमा धेरै राम्रो काम गर्न सफल भएको बताए । उद्योग वाणिज्य संघ विशुद्ध ब्यवसायिक हकहित र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले उद्योग वाणिज्य संघको सदस्य हुनु आफैमा गर्वको विषय भएको खाँणले बताए । उनले तिलोत्तमा नगर क्षेत्रको वजार अनुगमन, ब्यवसायीको क्षमता अभिबृद्धि तथा ब्यवसाय प्रवद्र्धनका हरेक कार्यक्रम तिलोत्तमा उद्योग वाणिज्य संघको नेतृत्वमा हुनुपर्ने र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संघका संस्थापक तथा निवर्तमान अध्यक्ष गुणनिधि भण्डारी(माधव)ले तिलोत्तमा उद्योग वाणिज्य संघ कुनै पार्टीगत संस्था नभएर विशुद्ध ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले ढुक्क भएर संघको सदस्य बन्न ब्यवसायीहरुलाई आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीले संघलाई यहांसम्म ल्याउन अग्रजहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संघको भावी कार्यदिशा, लक्षप्राप्ती, संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा काम गर्न सबैको साथ सहयोगको अपेक्षा गरे । उद्योगी ब्यवसायीले राज्यलाई विभिन्न ३८ वटा शिर्षकमा कर तिरेपनि राज्यले जहिले पनि उद्योगी ब्यवसायीलाई उपेक्षा गरेर उद्योग ब्यवसाय नै वन्द गर्ने परिस्थिति निर्माण गरेको उनले गुनासो गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सूरज पंगेनीले राज्यका कुनै पनि नीति नियम र कानुन उद्योग ब्यवसाय मैत्री नभएर भएका उद्योग ब्यवसायलाई धरासायी बनाउने खालका भएकाले यसका विरुद्ध सबै उद्योगी ब्यवसायी एकजुट भएर लागनुपर्ने आवश्यक्ता औल्याए ।

कार्यक्रममा संघको बिधान अनुसार कार्यसमितिले सदस्यमा मनोनित गरेका ७ जना कार्यसमिति सदस्य मानार्थ सदस्य हरिलाल पाण्डे, संवद्ध सदस्य गोविन्द भुसाल, एशोसिएट सदस्य चन्द्र कुमार दुवे, महिला सदस्य बसुन्धरा पंगेनी, खुल्ला सदस्य गंगाधर अधिकारी, गोपाल सुवेदी र ऋषि सुवेदी लगायतलाई संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सपथ ग्रहण सहित पदस्थापन गराएका थिए ।

यस्तै कार्यसमितिले मनोनित गरेका प्रमुख सल्लाहकार रामकृष्ण खाँण, वरिष्ठ सल्लाहकार बालकृष्ण भुसाल सहित १७ सदस्यीय सल्लाहकारहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सो अवसरका संघका संस्थापक सल्लाहकार कृष्णप्रसाद पौडेल, कृष्णबहादुर गौतम, प्रहरी निरीक्षक सुनिल थापा नेपाली, संघका वाणिज्य उपाध्यक्ष विष्नु भण्डारी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा संघले धेरै राम्रो काम गरेको भन्दै संघका रचनात्मक क्रियाकलाप र गतिविधिमा सबैको साथ सहयोग जरुरी रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : ०५ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र