१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध



रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो ।

कक्षाकोठासंगै बर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ । दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरु समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन ।

बिद्यालय तथा बिधालय प्राङ्गण भन्दा चौतर्फी जमीन अग्लो रहेकाले सामान्य बर्षाँ हुँदापनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन ।

वर्षातको मौषममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जेखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिएका छन। वर्षौं देखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँ पालिका संगै  शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्यूँ रहेको प्रधानाध्यापक चैधरीले गुनासो गरेका छन ।

स्थानीय निकायले शिक्षा जस्तो समेदनसिल विषयमा गम्भीर नहुँदा सैयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरुले गुनासो गरेका छन ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ५९ बजे

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक