२७ भदौ २०८३, शनिबार | September 12, 2026

वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवारी आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् ।

ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुङ्गा छन् । “बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ”, स्थानीय दानबहादुर मगर भन्छन, “बर्सेनि बाढीले सताउँछ ।”

कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबूढा नदीले घेरिएका यहाँका स्थानीलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताइन । “जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ”, उनले भनिन, “यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला रु बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।”

कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ । बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताउँछन । “महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन”, उनले भने ।

लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ । कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका-७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए ।

“बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्छ । सेफ हाउस भएपछि बाढी आएका बस्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनार भन्छिन, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सुरक्षित घरले ज्यान जोगिनेमा ढुक्क छौँ ।”

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ८ : २३ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल