१३ बैशाख २०८३, आइतबार | April 26, 2026

रास्वपा मन्त्रीहरु बालुवाटारमा, प्रधानमन्त्रीसँगको छलफल पछि मात्र राजीनामाबारे टुंगो लाग्ने



काठमाडौं । मन्त्री पदबाट राजीनामा दिने विषयमा रास्वपा भित्र फरक फरक धारणा सार्वजनिक भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आजै राजीनामा दिने बताएपनि अहिले रास्वपाका नेताहरु प्धानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका छन् ।

छलफलमा रहेका नेताहरुले भने प्रधानमन्त्रीसँगको छलफल पछि मात्र राजीनामा दिने नदिने टुँगोमा पुगिने बताएका छन् । यद्देपी प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले राजन्निमापत्र खल्टीमा हालेर गएको बताइएको छ ।

रास्वपाका मन्त्रीहरूको अहिले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग राजीनामा दिनेबारेमा छलफल जारी छ ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ३८ बजे

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन