१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

सामाजिक कार्यमा चापागाईको अग्रसरता : जन्मदिनमा रक्तदान र आश्रमलाई सहयोग



तिलोत्तमा । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् ।

प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभागीय इन्चार्ज रहेका चापागाईले आफ्नो जन्मदिन मनकारी कामका लागि उपयोग गरेका हुन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग प्रदान गरेका छन् । रक्तसञ्चार केन्द्र बुटवलमा पुगेर रक्तदान गरेका छन् ।

अघिल्ला वर्षहरुका जन्मदिन उनले कहिले वृक्षारोपण गरेर त कहिले यस्तै आर्थिक सहयोग गरेर मनाउने गरेका थिए । यसपल्ट उनले रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग गरेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै उनले रक्तसञ्चार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेका छन् । आफूले हरेक वर्षको जन्मदिन यसैगरी मनाउने योजना बनाएको उनले बताए ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो कार्य गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”-उनले भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : १७ बजे

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०