२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो, एमाले मन्त्रीहरु राजीनामा बोकेर मुख्यमन्त्री निवासमा



बुटवल । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा एमालेको तर्फबाट रहेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिन प्रदेश राजधानी भालुवाङ सिथ्त मुख्यमन्त्री निवास पुगेका छन् । मन्त्रीहरुले राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिने छ ।

मुख्यमन्त्री जोखबहादुर महरालाई बेलुका मुख्यमन्त्रीको सरकारी निवास भालुवाङमा भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।

एमालेका तर्फबाट प्रदेशमा रहेका मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले अहिले मुख्यमन्त्री निवासमा छन् । जाँदाजाँदै मुख्यमन्त्रीले खानाको प्रस्ताव गरेपछि खना खाएर राजीनामा बुझाउने तयारी भएको एक मन्त्रीले बताए ।

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेशसभामा एमाले संसदीयदलका नेता लिला गिरीले समर्थन फिर्ताको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : २९ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत