११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेखेको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ५१ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’