४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा शिवप्रसाद भुसाल चयन



बुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै प्रदेश उपाध्यक्षमा प्रमोद पन्थी, सचिवमा कृष्ण प्रसाद घिमिरे, सह सचिवमा गोपाल तिवारी र कोषाध्यक्षमा कमल घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा अनिल सापकोटा र दिपक ढडरिया चयन भएका छन् ।

त्यस्तै विमलकुमार जि.सीको संयोजकत्वमा सल्लाहकार कमिटि पनि चयन भएको छ । जसको सदस्यमा विकास पाण्डे, सन्तोष पौडेल र सन्तोष भुसाल रहेका छन् । चयन भएकापदाधिकारी तथा सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइराला, बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, सचिव अमित अधिकारी र केन्द्रीय सदस्य मुक्तिनाथ न्यौपाने (सन्तोष)ले अविर तथा खादा लगाएर शुभकामना दिएका थिए ।

संघले देशका ७ वटै प्रदेशमा कमिटि गठन गर्ने योजना अनुसार लुम्बिनी प्रदेशमा पनि रिकन्डिसन अटो व्यवसायीहरुलाई संगठित गरेको बताएको छ ।

संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइरालाले व्यवसायीको हक हित प्रबद्र्धन गर्ने उद्देश्यले संघ गठन भएको बताए ।

देशभर रिकन्डिसन अटो व्यवसायीहरु संघमा १५० जना आबद्ध रहेका छन् । लुम्बिनी प्रदेशमा बाट मात्र संघमा २० जना आबद्ध छन् । अध्यक्षमा चयन भएका शिव प्रसाद भुसालले व्यवसायीहरुलाई एकताबद्ध ढंगले अघि बढाउने बताए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : २२ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन