१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ ।

आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकरी दिएका हुन् ।

उनले भने, ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं ।’

यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी्ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत नआउने स्पष्ट हुदा हुदै पनि प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई अहिले रास्वपा र एकीकृत समाजवादीले साथ दिने बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ५१ बजे

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै