२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दबाबबाट प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन् ।

संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्‌बाट विश्वास मत लिएरमात्रै छाड्ने बताए । उनले एमाले–कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने उदेश्यले बनेको दाबी गरे । तर, उनले अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको प्रस्ट पारे । माओवादीले कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने उनले स्पष्ट पारे । तर उनीहरु एक्ले हिँड्न खोजेको उनले आरोप लगाए ।

एमाले(कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै अर्थमन्त्री पुनले त्यो माओवादीलाई स्वीकार्य नहुने स्पष्ट पारे। उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले-कांग्रेस आत्तिएर गठबन्धन बनाएको आरोप लगाए ।

पुनले संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न चाहेको जनाए ।

 

 

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : २० बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा