२९ भदौ २०८३, सोमबार | September 14, 2026

मुगुमा यार्सा टिप्न गएको मौका छोपी सामान लुट्ने समूहका तीन जना पक्राउ



मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट हतियारसहित प्रहरीले छ जनालाई पक्राउ गरिएकामा प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताए ।

गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौका छोपी आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र रु ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले प्रहरीमा उजरी गरेका थिए ।

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट नेपाल आर्मीको ड्रेसलगायत सामान बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान बिक्री गरिसकेको अवस्थामा जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।

प्रहरीकानुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा