१९ माघ २०८२, सोमबार | February 2, 2026

कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते वलीको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते बल बहादुर वलीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वली आज बिहान गम्भीर घाइते भएका थिए ।

सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगंज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्दै आएका वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भे. ९ प २३३३ नम्बरको मोटरसाइकल मंगलबार बिहान भे. १ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाँदा वली गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ४३ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको