२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

पाल्पाको दोभानमा स्कुटी दुर्घटना हुँदा डिङ्गनगरका विवेकको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा स्कुटी दुर्घटना हुँदा तिलोत्तमाका एक युवकको मृत्यु भएको छ भने मृतककी बहिनी गम्भीर घाइते भएकी छन् ।

आज साँझ ६ः१५ बजे भएको स्मुटी दुर्घटनाबाट स्कुटी चालक रुपन्देही तिलोत्तमा ४ डि‌ङ्गानगरका २१ वर्षिय विवेक अधिकारीको मृत्यु भएको छ भने स्कुटी चालक अधिकारीकी बहिनी १७ वर्षिया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।

बुटवलबाट तानसेन तर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एक(आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी चौकी दोभानको प्रहरी टोलिले घाइते दाजु बहिनीलाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा बिवेकलाई चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । घाइते रश्मीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ४८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित