१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रीत छलफल



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् ।

ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए ।

बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रीत भएर छलफल भएको बताइएको छ ।

यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलले कांग्रेस-एमाले गठबन्धनमा सहभागी हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।

यसैक्रममा एमालेले मन्त्री छनौटका लागि मापदण्ड बनाउन प्रारम्भिक छलफल शुरु गरको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिने गरी छलफल अगाडी बढाएको छ ।

एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ भने पदम गिरी, महेश बर्तौला, सुनिता बराल, बिद्या भट्टराई, सुहाङ नेम्वाङलगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।

त्यस्तै कांग्रेसमा भने कांग्रेस-एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ भने सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल लगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ । कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ । यद्यपी अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रीत भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ९ : ३४ बजे

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २