१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कांग्रेसले पनि माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ ।

विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् ।

सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।’

केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ५९ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा