११ पुस २०८२, शुक्रबार | December 27, 2025

विश्वासको मतपछि प्रचण्डले पत्रकार सम्मेलन गर्ने, आजै बालुवाटार पनि छाड्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठकबाट प्रचण्डले आज विश्वासको मत लिँदैछन् । सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन  ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

आजै बालुवाटार छाड्दै प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकरी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै छन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाई गरिएको थियो ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : १३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र