२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलको छुरा प्रहार प्रकरण : हत्याका अभियुक्त दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण



बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीका पूर्व सदस्य बुटवल-७ दिपनगर, निवासी ३६ वर्षीय युवा रवी थापाको छुरा प्रहारबाट हत्या गरिएका हत्याका अभियुक्तले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको मोन्टोना रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार मात्रै २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने बताए ।

यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गरेको थियो ।

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : १७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन