२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलको छुरा प्रहार प्रकरण : हत्याका अभियुक्त दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण



बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीका पूर्व सदस्य बुटवल-७ दिपनगर, निवासी ३६ वर्षीय युवा रवी थापाको छुरा प्रहारबाट हत्या गरिएका हत्याका अभियुक्तले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको मोन्टोना रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार मात्रै २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने बताए ।

यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गरेको थियो ।

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : १७ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी