२१ माघ २०८२, बुधबार | February 4, 2026

बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो- माओवादी प्रमुख सचेतक पाण्डे



काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबि गरेका हुन् ।

पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धि काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापुर्वक लिन आग्रह गरे ।

उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबि गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको बताए ।

मुख्य सचेतक पाण्डेले उक्त दुई ठूला दलबीच भएको सहमति सार्वजनिक नहुँदा नागरिकमा अन्योलता उत्पन्न भएको बताए । सुशासन कायम गर्ने, पुँजीगत खर्च वृद्धि र उत्पादन वृद्धिमा सरकारले पहल लिइरहेको उल्लेख गर्दै उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजिएको आरोप लगाए ।

“पहिला नै भएको सहमति सार्वजनिक गर्नु पथ्र्यो, यसरी नेपाली जनतालाई झुक्याउन पाइँदैन, सत्ता साझेदारीसँगै संविधान संशोधनको विषय सार्वजनिक भएको छ । दुई दलबीच भएको भनिएको सम्झौता किन सार्वजनिक नगरेको ?”, सचेतक पाण्डेले प्रश्न गरे । राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल हुनुपर्नेमा एक वा दुई दलले सत्ता साझेदारी गर्दैमा राष्ट्रिय सहमति हुन नसक्ने उनले धारणा राखे ।

“दुई दलबीच पहिला नै सहमति भएको थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? किन लुकाइएको ? सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न नपाउने ? दुई दलबीच भएको सहमति आजसम्म सार्वजनिक नगरी किन गोप्य राखिएको ?”, मुख्य सचेतक पाण्डेले प्रश्न गरे ।

वर्तमान सरकारले जनसरोकारका सवाल सम्बोधनगरी सुशासनको अभियान तीव्र बनाएसँगै राजनीतिक समीकरण फेरबदल भएको सचेतक पाण्डेले बताए । वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा सुनको अवैध तस्करी प्रकरणमा दृढताका साथ कारबाही अघि बढाएको उनले जानकारी दिए ।

जनताको त्याग र बलिदानको जगमा निर्मित संविधान संशोधन गरेर पश्चगतमनतर्फ फर्कने खतरा बढेको उल्लेख गर्दैै मुख्य सचेतक पाण्डेले संविधान संशोधन गरेर जनताको अधिकार कटौती गरिए सदन र सडकबाट प्रतिरोध गरिने बताए । “सदनबाट विश्वास पाए पनि नपाए पनि सहिद र बेपत्ताका साथै नेपाली जनताको सपना साकार पार्न माओवादी पार्टी निरन्तर लडिरनेछ”, उनले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ५७ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल