२३ बैशाख २०८३, बुधबार | May 7, 2026

मनाइयो कोहलपुर भीमसेन देव मन्दिरको रजत जयन्ती



कोहलपुर । बाँकेका नेवाः समुदायको साझा मन्दिरकारुपमा रहेको भीमसेन देव मन्दिर, कोहलपुरले आफ्नो स्थापनाको २५ औं रजत वर्ष मनाएको छ । मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मन्दिर संरक्षण समितिले आज कोहलपुरमा बिशेष कार्यक्रम गरेर रजत वर्ष मनाएको हो ।

रजत वर्ष समारोहको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारकी उर्जा तथा जलश्रोत मन्त्री कृष्णा केसी नमुनाले भाषा, संस्कृति र सभ्यता जोगाउन मन्दिर संरक्षण समितिले ठुलो योगदान गरेको बताइन् । उनले मन्दिरसँग समुदायको संस्कृति पनि जोडिएकाले त्यसको सम्बद्र्धन गर्न आफुले सक्दो सहयोग गर्ने बताइन् ।

उनले अस्थिर सरकारका कारण कर्मचारीतन्त्रको भार परेको उल्लेख गर्दै नतिजामुखी काम गर्न स्थायी सरकार आवश्यक पर्ने बताइन् । ३(३ महिनामा सरकार फेरिँदा कर्मचारीले जनप्रतिनिधिलाई नटेर्ने अवस्था आएको उनले बताइन् ।

मन्दिरका संस्थापक अध्यक्ष बद्रिप्रसाद श्रेष्ठले मन्दिरले बाँकेभरीका नेवारहरुलाई एकसुत्रमा बाँधेको बताए । उनले आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्न सबै एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा मन्दिर स्थापना देखि अहिले सम्मका गतिबिधि बारे संस्थापक सचिव राजेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रममा नेवाः पुच बाँकेका पार्षद एवं पत्रकार पुर्णलाल चुके, नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक डा. दिनेश श्रेष्ठ, नेवाः दयदबु बाँकेका पूर्व अध्यक्ष कृष्ण श्रेष्ठ, नेवाः पुचका अध्यक्ष जितेन्द्र जोशी लगायतले बाँकेमा नेवाः समुदायको अवस्था र आवश्यकताका बारेमा धारणा राखेका थिए ।

२०५५ साल असार २८ गते संस्थापक अध्यक्ष बद्रिप्रसाद श्रेष्ठले शिलान्यास गरेको सो मन्दिरको २०६३ असोज ६ गते नेवाः दयदबुका तत्कालिन केन्द्रीय अध्यक्ष मल्ल के सुन्दरले उदघाटन गरेका थिए । कार्यक्रममा मन्दिरलाई सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ०३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा