१० चैत्र २०८२, मंगलबार | March 24, 2026

हुण्डीको कारोबार गर्ने ४ जना २४ लाख ६२ हजार नगदसहित नेपालगन्जबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले हुण्डी कारोबारमा लगानी गर्ने तयारी अवस्थामा राखिएको चौविस लाख रुपैयासहित चार जनालाई पक्राउ गरेको छ । हुण्डी कारोबारमा संलग्न रहेको र बरामद रकम सोही पैयोजनका लागि राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का राजेशभुजु श्रेष्ठ, वडा नं. ३ का सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका वडा नं. ७ का निमबहादुर बोहरा र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ७ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बस्ने राहुल देवल रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित ताराकुमारी विसीको घरमा भाडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिसन वर्कशप नामको टीभी फ्रिज मर्मत गर्ने पसलबाट चौविस लाख ६२ हजार तीन सय १५ रुपैया, हरहिसाव राखेको कपी एक थान, सानो नोट बुक एक थान, विभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसमेत बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : २१ बजे

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।