२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम



बुटवल । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम भएका छन ।

१२ विद्यालय सहभागी भएको प्रतियोगितामा खरालले सबैलाई पछाडि पारेर प्रथम हुँदै २ हजार पुरस्कार पनि हात पारे । त्यस्तै कान्ति मावि गुगल राना द्धितीय, डन मोडल स्कूलकी शिक्षा भण्डारी तृतीय र स्कलर्स होमका सचिन पन्थी सान्त्वना भए । उनीहरुले क्रमस १ हजार ५००, १ हजार र ५० नगर र प्रमाणपत्र हात पारे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाको अध्यक्षता संघका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रतियोगिताको निर्णायकमा डा. थानेश्वर अर्याल, डा प्रेमप्रसाद तिवारी र इन्दिरा अर्याल थिए । कार्यक्रमको संयोजक कल्पना कुसुम र कार्यक्रम सञ्चालन विधान कार्कीले गरेका थिए ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : २० बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क