२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपालगन्जको आदर्श उच्च माविमा प्रवेश परीक्षा दिने घुँइचो



नेपालगन्ज । पश्चिम नेपालमा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा अगुवाई गर्दै आएको नेपालगन्जमा संचालनमा रहेको आदर्श उच्च माविमा पहिलो चरणको प्रवेश परीक्षामा नै ५ सय बढी बिद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । दश जोड दुईको अध्ययनका लागि खुल्ला गरिएको प्रवेश परीक्षामा पहिलो चरणमा ५ सय बढी बिद्यार्थीहरुले परीक्षामा सहभागी भएको बिद्यालयले जनाएको छ ।

बिज्ञान र ब्यवस्थापन संकाय अन्तर्गतका बिषयहरुमा अध्ययन गर्नका लागि आदर्श उच्च माविमा कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत बिद्यार्थीहरु आइपुगेको उच्च माबि बिभागका प्रमुख महेश्वर जोशीले जानकारी दिए ।

५ सय बिद्यार्थीका लागि भर्ना खुल्ला गरिएकोमा पहिलो चरणमा नै ५ सय २४ बिद्यार्थी सहभागी भएको उनले बताए । उनका अनुसार एसईईको मौका परीक्षा पछि र योग्य बिद्यार्थीलाई अवसर दिन दोस्रो चरणमा पनि प्रवेश परीक्षा संचालन गरिने छ । करिकुलम भित्र सहित करिकुलम बाहिरका अतिरिक्त शिक्षा, नैतिक आचरण युक्त अध्यापन तथा उत्कृष्ठ नतिजाका कारण पश्चिम नेपालका बिद्यार्थी र अभिभावकहरुको आदर्श रोजाई हुने गरेको उनले दाबी गरे ।

२०५६ सालमा स्थापना भएको आदर्श माबिले छोटो समयमा नै उच्च माबि हुँदै स्नातकको समेत कक्षा संचालन गर्दै आएको छ । नेपालगन्ज पश्चिम नेपालकै शैक्षिक गन्तब्य बनाउन आदर्शको प्रयास निरन्तर जारी रहेको बिद्यालयका संस्थापक संचालक इश्वर पोखरेलले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ५२ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक